काठमाडौं । नेपालमा पेप्सी कम्पनीका नामले परिचित वरुण वेभरेजले आफ्ना उत्पादन किन्नेहरुका लागि नयाँ स्कीम ल्याएको छ ।
आगामी फागुन १८ र १९ गते (पहाड र तराई) मा छुट्टाछुट्टै मनाइने होलीका अवसरमा पेप्सीले नयाँ स्कीम सार्वजनिक गरेको हो ।
जसअन्तर्गत वरुण बेभरेजका उत्पादनहरु पेप्सी र मिरिन्डा किन्दा माउन्टेन ड्यू फ्री पाइनेछ ।
कम्पनीका अनुसार जम्बो बोत्तल भनेर चिनिने २.२५ लिटरको पेप्सी किन्दा २५० एमएल (मिलिलिटिर) माउन्टेन ड्यू फ्रीमा पाइनेछ । त्यस्तै २.२५ लिटरको मिरिन्डा किन्दा सोही परिमाण अर्थात् २५० एमएल (मिलिलिटर) माउन्टेन ड्यू फ्रीमा पाइनेछ ।
पेप्सीले होलीलाई लक्षित गरेर ‘अब होली हुन्छ अझै बढी रमाइलो’ भन्ने नारासहित उक्त स्कीम सार्वजनिक गरेको हो ।
पेप्सी कम्पनीले विभिन्न चाडवाडलाई लक्षित गरेर आफ्ना उत्पादनहरुमा नयाँ स्कीम दिँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया