तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै

लोकपथ
721
Shares

काठमाडौं । पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि सम्पत्ती शुद्धीकरणमा समेत मुद्दा परेको छ ।

कुमार चिमोरियाको जाहेरीका आधारमा गत साउन २२ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी परेको थियो । चिमोरियाले अधिकारीविरुद्ध ठगी र आपराधिक लाभको कसुरमा अनुसन्धान पक्रिया अघि बढेपछि फरार रहेकी छन् ।

तर उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूलाई कुनै जानकारी नदिइएको र आफू भदौको १९ गते चीन पुगेको बताइकी छन् ।

‘त्यो मान्छेले मलाई उजुरी दिइसकेपछि म भदौको १९ गते चाइना आएँ, अरु मान्छेको मुखबाट मेरो नाममा पक्राउ पुर्जी छ भन्ने थाहा पाएँ । मैले मेरो मान्छेहरुलाई पठाउँदा जाहेरी हेर्न पनि दिइएन्,’ उनले दाबी गर्दै भनेकी छन् ।

तर प्रहरीले भने उक्त भनाइहरु भ्रामक रहेको भन्दै अनुसन्धानलाई सघाउन आग्रह गरेको छ ।

‘कानुन बमोजिम भइरहेको अनुसन्धानमा कानुन बमोजिम व्यवस्था भएका निकायमा उपस्थित भई आफ्ना भनाइहरु राख्न समेत अनुरोध गरिएको छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले भनेका छन् ।

ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

हाल अधिकारीमाथि ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको एसपी मिश्रले बताएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकमा पेश भएको विवरण अनुसार प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ ।

प्रहरीले फागुन ११ गते (आज) विभागको सिफारिसका आधारमा उजुरी दर्ता गरेको जनाएको छ ।

तर अधिकारी भने देश बाहिर बसी आफूमाथि अन्याय भएको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिइरहेकी छन् । प्रहरीले त्यसतर्फ सचेत गराउँदै अनुसन्धानमा सघाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?