बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाएका स्कुटर चालकको सनाखत 

लोकपथ
343
Shares

काठमाडौं । बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाएका स्कुटर चालक धुलिखेल नगरपालिका–८ घर भई धुलिखेल नगरपालिका –५ बस्दै आएका अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेको प्रहरीले जनाएको छ । मृतकको शव प्रहरीले शीर मेमोरियल अस्पतालमा राखेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, सुरुमा उनको सनाखत हुन सकेको थिएन । पछि सवारी चालक अनुमतिपत्रको आधारमा प्रधानको सनाखत भएको हो । 

आज बुधबार बिहान सवा ८ बजेतिर बनेपा नगरपालिका–७ चाँदनी चोकमा बा.प्र.०२–०६३प ९१८९ नम्बरको स्कुटरलाई बा.प्र.०१–००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा प्रधानको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भएका ३२ वर्षका दीपक रोक्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएका छन् । आगजनीका कारण केहीबेर त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । 

स्थानीयको विरोधको कारण अरनिको राजमार्गमा केहीबेर यातायातसमेत अवरुद्ध बनेको र आगजनी भएको टिपरलाई सडकबाट अटाएपछि यातायात सुचारु भइसकेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?