वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि जापान, अष्ट्रेलिया र आयरल्याण्ड पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरुको गुनासोका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आकर्षक तलबको प्रलोभनमा पारेर रकम असुली गरेपछि लामो समयसम्म सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिकाकौं–८ बस्ने २६ वर्षीय सरस्वती श्रेष्ठ, काठमाडौं महानगरपालिका–३० घर भएका ३८ वर्षीय दिपेश श्रेष्ठ र खोटाङ घर भई हाल ललितपुर बस्दै आएका ४८ वर्षीय मिनिराज राई रहेका छन् ।

उनीहरूले क्रमशः सरस्वती श्रेष्ठले जापान पठाइदिने भन्दै २४ लाख, दिपेश श्रेष्ठ अष्ट्रेलिया पठाइदिने भन्दै १७ लाख र मिनिराज राईले आयरल्याण्ड पठाइदिने भन्दै ३ लाख ७० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?