काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण गर्न नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ ।
धनगढी विमानस्थलमा मौसम तथा प्राविधिक अवस्थाका कारण पटक–पटक अवतरणको प्रयास असफल भएपछि जहाज राति करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको हो ।
उक्त जहाज काठमाडौंबाट राति ९ः४५ बजे धनगढीका लागि उडेको थियो । उडानमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार थिए । जहाज गन्तव्यमा पुग्न नसकेपछि काठमाडौं फर्काइएपछि यात्रुहरू अलपत्र परेका छन् ।
एयरलाइन्सका अनुसार धनगढी विमानस्थलमा सुरक्षित अवतरण सम्भव नदेखिएपछि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै जहाज फिर्ता ल्याइएको हो । यात्रुहरूको व्यवस्थापन तथा वैकल्पिक उडानबारे आवश्यक समन्वय भइरहेको एयरलाइन्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया