काठमाडौं । निर्वाचनको दौरानमा चर्चामा रहेको झापा क्षेत्र नं ५ का रास्वपाका एक स्थानीय नेता एमालेमा प्रवेश गरेका छन् ।
झापा–५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमाले प्रवेश गरेका हुन् । सोमबार एमाले अध्यक्ष समेत रहेका सो क्षेत्रका एमाले उम्मेदवार केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै खनालले आफूले राष्ट्रवादको पक्षमा लागेको समेत दाबी गरे ।
‘अहिले राष्ट्रियतामाथि नै आँच आउने घटनाहरु घटिरहेका छन् । यस्तो विषय परिस्थितिमा राष्ट्रियताको पक्षमा उभिने राष्ट्रवादी नेताहरुलाई सपोर्ट गरौँ भनेर मसहित केही साथीहरु एमाले प्रवेश गरेका हौँ,’ उनले भने । क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया