मोरङमा बेवारिसे अवस्थामा भेटियो ५,४१० थान चस्मा

लोकपथ
35
Shares

मोरङ । मोरङमा ५ हजार ४१० थान चस्मा बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बेवारिसे अवस्थामा ती चस्मा फेला परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार फागुन ३ गते आइतबार विराटनगर महानगरपालिका ९ घोघापुल नजिकैबाट उक्त चस्मा बरामद गरिएको हो ।

नियमित गस्तीका क्रममा आइतबार अपराह्न १६ः५० बजे घोघापुल क्षेत्रबाट उक्त परिमाणको चस्मा फेला परेको र हालसम्म कसैले पनि दाबी नगरेको प्रहरीले जनाएको छ ।

विराटनगरको घोघापुल सीमा नाका भएको कारण कसैले भन्सार छली गरी सामान ल्याएको र प्रहरी देखेपछि छाडेर भागेको आशंका गरिएको छ ।

बरामद भएको चस्माको मूल्य प्रति थान १ सय रुपैयाँ कायम गर्दा पनि ५ लाख ४१ हजार मूल्य बराबरको चस्मा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

बरामद भएको चस्मा भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?