कास्की । जिल्लाको पोखराका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने गरेको पाइएको छ ।
मापसे गरी स्कुल बस चलाउने गरेको गुनासोपछि सोमबार प्रहरीले विभिन्न स्थानमा स्कुल बसमाथि चेकजाँच गरेको थियो । सो क्रममा ५ जना चालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा माउन्ट हेभन बोर्डिङ स्कुलका बस चालक आन्नद परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलका चालक गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलका चालक भक्तबहाुर गुरुङ रहेका छन् । त्यसैगरी अञ्जली बोर्डिङ स्कुलका बस चालक डम्बर बहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलका चालक पदम विक रहेका छन् ।
पोखरामा केही समयदेखि स्कुल बस दुर्घटना बढ्न थालेपछि प्रहरीले चासो दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया