काठमाडौं । प्रहरीले जेनजी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न कारागारबाट भागेका ७ जना कैदीबन्दीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङको दूधपोखरी गाउँपालिका–४ घर भई हाल काठमाडौंको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई काठमाडौंको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ, रसुवाको उत्तरगया गाउँपालिका–१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, काभ्रेपलाञ्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका–२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका–३ का अनिस मगर र भारतीय नागरिक सरोसन साह छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, उनीहरू डाँका चोरी, मानव बेचबिखन, लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा जेल परेका थिए । उनले पक्राउ परेका सातै जनालाई सम्बन्धित कारागारमा बुझाइएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया