घरजग्गा कारोबारबाट गत माघमा ५ अर्ब राजस्व संकलन

लोकपथ
28
Shares

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले  पाँच अर्ब नौ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा  पाँच अर्ब १७ करोड ३२ लाख  राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन । विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत  ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टेसन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत  एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?