वीरगन्ज भन्सारले गर्‍यो ७ महिनामा १ खर्ब ३५ अर्ब राजस्व संकलन

लोकपथ
21
Shares

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको सात महिनासम्म एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार संकलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व संकलन भएको थियो ।

त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा भने २० अर्ब ८० करोड राजस्व संकलन भएको छ । त्यस्तै पुसमा पनि २० अर्ब २० करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले माघमा मात्र २१ अर्ब २९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?