पाल्पा । पाल्पामा टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेका महिला रहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ लोकमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानमा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु २ ख १८८३ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरेर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।
अस्पतालमा पुग्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया