राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले  आगामी सरकारमार्फत देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाउने लक्ष्यका साथ आफू अघि बढेको बताएका छन् ।

काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष घिसिङले मुलुकको आर्थिक रूपान्तरण आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारे ।

उनले भने, ‘म चुनौती लिएर नै सरकारमा जाने र परिणाम देखाउने विश्वासका साथ अघि बढेको हुँ । अवसर पाएँ भने आर्थिक सुधार र सुशासनमा डेलिभरी दिन्छु ।’

उनले देशबाट लोडसेडिङ आफूले हटाएको भन्दै राजनीतिक क्षेत्रको लोडसेडिङ हटाउन आफू आएको बताए। राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य नभएसम्म देशको परिस्थितिमा सुधार नआउने उनको भनाइ छ ।

घिसिङले वर्तमान राजनीतिक परिस्थितिमा जनताको भरोसा जित्ने काम व्यवहारिक परिणाममार्फत मात्रै सम्भव हुने उल्लेख गर्दै उत्पादन, रोजगारी र लगानीमैत्री नीतिलाई प्राथमिकता दिने बताए ।

पार्टी भेलामा सहभागी नेताहरूले उज्यालो नेपाल पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आर्थिक समृद्धि केन्द्रित कार्यक्रम लिएर अघि बढ्ने निर्णय गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?