सार्वजनिक यातायातको समस्या गम्भीर, सुधार नगरी विकल्प छैन : गगन थापा

लोकपथ
63
Shares

 काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक यातायात प्रणालीमा व्यापक सुधारको खाँचो औँल्याएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य रहेको बताएका हुन् ।

उनले हालको सार्वजनिक यातायात प्रणालीका कमजोरीतर्फ ध्यानाकर्षण गराउँदै भने, ‘घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा नै आजको सार्वजनिक यातायातको यथार्थ हो । साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट तथा भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था देखिन्छ ।

थापाका अनुसार यस्ता समस्याले सार्वजनिक यातायात क्षेत्रमा संरचनागत सुधार आवश्यक रहेको स्पष्ट पार्छ । उनले त्यसका लागि आफ्नो पक्षबाट ठोस तयारी भइरहेको पनि दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?