पश्चिमी वायुको प्रभाव : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

लोकपथ
63
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा  साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?