आजपाले शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै

लोकपथ
0
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) ले शुक्रबार (भोलि) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि तयार पारिएको चुनावी घोषणापत्र आजपाले शुक्रबार सार्वजनिक गर्ने भएको हो ।

घोषणापत्र लेखनकार्य सम्पन्न भइसकेकाले पार्टीले काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा बिहान पत्रकार सम्मेलन आयोजना गरी औपचारिक रूपमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा आजपा अध्यक्ष प्रभु साह, नेता ऋषि धमला लगायत शीर्ष नेताहरूको विशेष उपस्थिति रहने आजपाले जनाएको छ। पार्टीले लुटकारी व्यवस्था, दलाल दलतन्त्र, भ्रष्टाचार र ‘सरकारपिच्छेको कर आतंक’ विरुद्ध निरन्तर संघर्ष गर्दै आएको दाबी गरेको छ।

आजपाले वर्तमान शासन व्यवस्थालाई नै मुलुकको दुर्दशाको मूल कारण ठहर गर्दै भ्रष्ट, दलाल तथा लुटकारी व्यवस्थाविरुद्ध आन्दोलन गर्दै आएको जनाएको छ। पार्टीले शासन व्यवस्थामा आम जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?