बलात्कारको उजुरीपछि प्रहरी निरीक्षक महत पक्राउ, प्रहरी कार्यालयभित्रै बलात्कार गरेको आरोप

लोकपथ
2.1k
Shares

काठमाडौं । चितवनस्थित इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप महत पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । 

माघ २३ गते ३७ वर्षीया एक महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि प्रहरी निरीक्षक महत पक्राउ परेका हुन् । उनले निवेदनमा आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक–पटक यौन शोषण गरेको आरोप लगाएकी छिन् । 

जाहेरीमा उनले गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगी न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । त्यसबेला आफूले इन्कार गर्दा पनि जबरजस्ती करणी गरेको उनले उल्लेख गरेकी छिन् । 

त्यसबेला जाहेरी गर्न प्रहरीकहाँ जान खोज्दा प्रहरी निरीक्षक महतले कुरा गर्ने नाममा बोलाएर उल्टै इलाका प्रहरी कार्यालय खैरहनीको कार्यकक्षमा नै जबरजस्ती करणी गरी कुटपिटसमेत गरेको ती महिलाको भनाइ छ ।

जाहेरीपछि आफूलाई महतका आफन्तबाट धम्की आइरहेको पनि उनले बताएकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?