काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षीया सविना परियार नारायणी पुलबाट सो नदीमा हाम फालेकी थिइन् ।
त्यसलगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धार पश्चात् उनलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया