सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतरा : प्रचण्ड

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र सिद्धान्तविहीन लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि आघात पुर्‍याइरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र पपुलिजमको आलोचना गर्दै अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेलले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण अहिले बढ्दो क्रममा रहेको बताएका हुन् ।

प्रचण्डले वामपन्थी, समाजवादी र देशभक्तहरूलाई एकताबद्ध गर्दै २६ साना–ठुला पार्टीहरूको एकताबाट ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गरिएको बताए । उनले गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै नयाँ विचार बोकेको शक्ति भएको दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने प्रयास भइरहेको छ । यसको प्रतिवाद गर्न नयाँ सङ्कल्प र जनताको निम्ति समर्पित शक्ति आवश्यक छ । यही उद्देश्यले हाम्रो पार्टी अगाडि बढेको छ ।’

उनले पार्टीको नयाँ चुनाव चिह्न ‘तारा’ सम्बन्धमा मतदातालाई स्पष्ट पार्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । प्रचण्डले सामाजिक सञ्जालको प्रचार उपयोगी भए पनि प्रत्यक्ष भेटघाट र टोल–टोल प्रचार प्रभावकारी हुने बताएका छन् ।

उनको भनाइ अनुसार, आगामी निर्वाचनले देशमा राष्ट्रिय एकता र युवाका मागहरू सम्बोधन गर्ने सबैभन्दा प्रभावकारी माध्यम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?