सुदनमाथि सुरक्षा चुनौती बढेको भन्दै रास्वपाले माग्यो पीएसओ

लोकपथ
1.4k
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा–१ का उम्मेदवार सुदन गुरुङमाथि सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षा प्रबन्ध मिलाउन माग गरिएको छ ।

रास्वपा गोरखा जिल्ला समितिले सुदनमाथि सुरक्षा खतरा रहेको भन्दै पीएसओ माग गरेको हो ।

गोरखा जिल्ला सचिव मिलन रानाले जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै सो आग्रह गरेका हुन् ।

घरदैलो गरिरहेको अवस्थामा सुदनमाथि केही समूहले हातहतियारसहित भौतिक आक्रमण गर्ने सूचना प्राप्त भएको आशंका समेत गरिएको छ ।

‘प्राप्त विभिन्न गोप्य सूचना अनुसार हातहतियारसहित केही व्यक्तिहरुको समूहबाट व्यक्तिगत रुपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ,’ निवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?