सीजी मोटर्सको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निवल मेला’ सुरु

लोकपथ
49
Shares

काठमाडौं । सीजी मोटर्सको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निवल मेला’ सुरु भएको छ ।

आज (बिहीबार) बाट सुरु भएको उक्त मेला माघ १८ गते (आईतबार) सम्म चल्ने छ ।

काठमाडौंको एलिस रिसेप्सन, गैरीधारामा भइरहेको मेलामा सिजी मोटर्सका ७ ओटा छुट्टाछुट्टै ब्राण्डका गाडीहरु एकै ठाउँमा रखिएको छ ।

मेलामा रिडारा, नेटा, एक्सपेंग, आयोन, डायुन, स्मार्ट र किङलङ ब्रान्डका गाडीहरु आकर्षणको केन्द्रमा रहेका छन् ।

ग्राहकहरुले सेल्स, एकसचेञ्ज, फाइनान्स र डिस्काउन्टलगायतको अफर एउटै पल्याटफर्ममा लिन पाउने उदेश्यले यस मेलाको आयोजना गरिएको सीजी मोटर्सका सीईओ कपिल शिवाकोटीले बताए ।

ईभीले ओभरअल ८५ प्रतिशत मार्केट ओगटीसकेको सीइओ शिवाकोटिको भनाई छ । सुरु सुरुमा इभी गाडीप्रति उपभोक्तको मनमा डर थियो जुनकी अहिले धेरैहदसम्म हटिससेको र अब ईभीप्रति विश्वास बढिरहेको महशुस भएको उनको जिकिर छ ।

देशको अधिकांश ठाउँमा, होटलहरुमा चार्जिङ स्टेसन डेभलप भइरहेको र सीजीको आफ्नै स्टेसन पनि पाँच सय प्लस रहेको उनको दाबी छ । इभीको मार्केट अहिले मोबाईल जस्तै हरेक छ–छ महिनामा अपडेट भइरहेको समेत सीइओ शिवाकोटीले उल्लेख गरे ।

मेलामा अट्रयाक्टिभ क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स, एक्सचेन्ज बोनस, एक वर्षको अटो प्लस इन्सुरेन्स र चालु आर्थिक वर्षको कर तिर्नु नपर्ने, केही गाडीहरुमा १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्टको अफर रहेको छ ।

उक्त अफरले हजारौँको संख्यामा उपभोक्ता उपस्थित हुने।अनुमान रहेको सीजी मोटर्सकी सिनियर सेल्स म्यानेजर प्रतिमा पौडेलले बताइन् ।

शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकोले सो दिन मेलाको रौनक अझै बढ्ने अनुमान गरिएको छ । मेलामा विभिन्न मनोरञ्जनका क्रियाकलापका साथै फुड स्टल समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?