मौसममा सुधारसँगै काठमाडौंसहित अधिकांश विमानस्थलमा उडान सुचारु

लोकपथ
84
Shares

काठमाडौं । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौंलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिक तर्फको उडान अहिले सुचारु भएको छ । 

 काठमाडौं, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । 

उनका अनुसार अहिले दिउँसोबाट मौसममा सुधार आएसँगै उडान अवतरण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?