काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय भाषामा दक्ष भएर मतदातासँग प्रत्यक्ष कुरा गर्ने बताएका छन् । सर्लाहीको भ्रमणका क्रममा मतदातासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले भने, ‘म यहाँको भाषा केही लाइन मात्र बोल्न जान्छु भनेर आएँ, तर ६–८ महिनामा प्रत्येक व्यक्तिलाई नामले चिन्न चाहन्छु । त्यसपछि मात्र माइक समातेर भाषण गर्नेछु । म नौटङ्की गर्दिनँ, चटकेजस्तो कुरा गर्दिनँ। जिम्मेवारीपूर्वक तपाईँहरूको साथी, भाइ, छोराको रूपमा काम गर्न चाहन्छु ।’
उनले फागुन २१ सम्म वडागत रूपमा छलफल गरेर योजनाहरू बनाइने र सबैले मेहनत गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया