सुदूरपश्चिम ओर्लिए बालेन, नेपालगञ्जमा भब्य स्वागत

लोकपथ
112
Shares

काठमाडौं । झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम ओर्लिएका छन् ।

सोमबार बाँकेको नेपालगञ्ज पुगेका बालेन केही दिन सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा पुग्नेछन् ।

बालेन नेपालगञ्ज पुग्दा ठूलो भीड देखिएको छ । बालेनलाई रास्वपाका नेता कार्यकर्ताहरुले नेपालगञ्जमा भव्य स्वागत गरेका हुन् ।

माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् ।

झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?