कांग्रेसमा अझै मन विभाजित छ ? मीन विश्वकर्माको ५ बुँदे ‘क्लेरिफाई’

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचनको मुखमै विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर कांग्रेस निर्वाचनमा होमिएको छ ।

विशेष महाधिवेशनमा देखिएको पक्ष विपक्षको कुरा निर्वाचनको मतसम्म पर्नसक्ने आँकलन समेत गरिन्छ ।

गगन थापा सभापति बनेपछि गरिएको टिकट वितरणमा धेरै विवाद नदेखिए पनि शेरबहादुर देउवा पक्षले असहयोग गर्न सक्छ ! भन्ने आशंकाहरु समेत उब्जिएका छन् । त्यसो त देउवा पक्षबाट राष्ट्रिय भेला समेत बोलाइएको भन्ने चर्चा चलाइएको थियो त। तर त्यो हल्लामा मात्रै सीमित रहेको र कांग्रेस एकढिक्का भएर अघि बढेको नेताहरुले प्रष्ट पारिरहेका छन् । निर्वाचनको मुखमा विशेष महाधिवेशन हुँदा पार्टी थप कमजोर हुनसक्ने नेताहरुको आँकलनकाबिच एकढिक्का भएर अघि बढ्दा त्यसले अघिल्लो निर्वाचन भन्दा मत सुधार गर्नसक्ने कांग्रेस नेताहरुमा विश्वास देखिन्छ ।

कांग्रेसभित्र विवाद देखिएको, देउवा पक्षले भेला बोलाएको लगायतका विषयमा चर्चा चलिरहेका बेला नेता मीन विश्वकर्माले भने त्यसबारे स्पष्ट पारेका छन् । देउवा पक्षीय नेता विश्वकर्माले ५ बुँदामा ‘क्लेरिफाई’ गर्दै पार्टी एकढिक्का रहेको दाबी गरे ।

‘अहिले हाम्रो पार्टी भित्र कुनै मतभेद छैन र सबैको ध्यान निर्वाचन र रुख चिन्हमा बहुमत ल्याउनमै केन्द्रित छ ! राष्ट्रिय सभा निर्नाचन लगतै देउवा–खड्का पक्षले पार्टीको राष्ट्रिय भेला वोलाउने भन्ने समाचार कपोकल्पित हल्ला मात्र हो,’ स्पष्ट पार्दै उनले भनेका छन् ।

यता कांग्रेस केन्द्रीय समिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्ने निर्णय गरेको छ । तर देउवा पक्षले त्यसबारेमा कुनै प्रतिक्रिया नजनाइरहेका बेला नेता विश्वकर्माले भने पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सबैले मानेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

‘भावी प्रधानमन्त्री गगन थापाका सन्दर्भमा कुनै एक मिडियाले सोधेको प्रश्नमा ‘संसदीय दलमा चुनाव भए के हुन्छ भन्ने प्रश्नमा, जो जित्छ उही दलको नेता हुन्छ र प्रधानमन्त्री पनि उही हुन्छ’ भन्ने मेरो जवाफलाई गलत मनसायवाट ‘हाम्रो असहमती छ’ भन्ने वाक्यांस राखेर गरिएको प्रचार प्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ ! पार्टीको तर्फवाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेको छ ! पार्टी केन्द्रीय समितिको निर्णय सवैले पालना गर्नु पर्छ ! अन्यथा गर्ने कसैलाई छुट हुदैन,’ उनले भनेका छन् ।

नेता विश्वकर्माले ५ बुँदामा भनेका छन् :

हिजो र आज राजनैतिक वजारमा नेपाली कांग्रेस पार्टीको वारेमा दुईवटा विषयमा भ्रमहरू सम्प्रेषण भईरहेकोले मेरो जानकारीका आधारमा स्पष्ट पार्न चाहान्छु !

१. नेपाली कांग्रेस पार्टीमा विवाद भएकोले निर्वाचन आयोग

पछि अदालतमा मुद्दा हुदाहुदै पनि निर्वाचनमा असर नपरोस

भनि उम्मेद्वार छनौटमा सहमति गरि देशव्यापीरूपमा

कांग्रेसजनले “रूख चिन्हमा” निर्विवाद मत माग्ने वातावरण

वनाईएको सर्वविदितै छ ! यसमा माघ ४ गते रातिको मेरो

फेसवुक स्टाटसले थप प्रमाणित गर्दछ !

२. अहिले हाम्रो पार्टी भित्र कुनै मतभेद छैन र सवैको ध्यान

निर्वाचन र रुख चिन्हमा वहुमत ल्याउनमै केन्द्रित छ !

राष्ट्रिय सभा निर्नाचन लगतै देउवा – खड्का पक्षले पार्टीको

राष्ट्रिय भेला वोलाउने भन्ने समाचार कपोकल्पित हल्ला मात्र

हो !

३. भावी प्रधानमन्त्री गगन थापाका सन्दर्भमा कुनै एक

मिडियाले सोधेको प्रश्नमा “ संसदीय दलमा चुनाव भए के

हुन्छ भन्ने प्रश्नमा, जो जित्छ उही दलको नेता हुन्छ” र

प्रधानमन्त्री पनि उही हुन्छ “ भन्ने मेरो जवाफलाई गलत

मनसायवाट “ हाम्रो असहमती छ” भन्ने वाक्यांस राखेर

गरिएको प्रचार प्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ !

४. पार्टीको तर्फवाट सभापति गगन थापालाई “भावी

प्रधानमन्त्री” घोषणा गरेको छ ! पार्टी केन्द्रीय समितिको

निर्णय सवैले पालना गर्नु पर्छ ! अन्यथा गर्ने कसैलाई छुट

हुदैन !

५. पार्टी चुनावी मैदानमा रहेको वेला यस्ता भ्रामक सूचनाहरू

प्रशस्त आउछन ! पार्टीका सम्वन्धित व्यक्तिसंग वुझेर मात्र

“ लाईक, कमेन्ट र शेयर गरौ ! नेपाली कांग्रेस पार्टी र

पार्टीका उम्मेद्वारलाइ असर पर्ने कार्य कसैले नगरौ !

धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?