काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् ।
आइतबार सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले भुसाललाई संसदीय दलको नेता चयन गरेको हो ।
त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजिनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछी राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया