काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर-३ का उम्मेदवार डा. सुनिल शर्माले आगामी निर्वाचनमा आफूलाई ७० हजार मत दिएर विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् ।
डा.शर्माले यसअघि पनि उक्त क्षेत्रमा तेस्रो सबैभन्दा बढी मत पाएको स्मरण गर्दै यसपटक सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताए ।
उनले भने, ‘सबैभन्दा बढी मत पाएसँगै संसदमा मेरो आवाज बुलन्द हुनेछ र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ सुन्न सकिन्छ ।’
उनले नयाँ राजनीतिक दलहरूका गतिविधिलाई लक्षित गर्दै अहिले राजनीतिक वातावरण कोरोना भाइरस जस्तै रहेको टिप्पणी गरे । उनले ७० हजार मत ल्याएर निर्वाचित भए आफूले संसदबाट जनताको हितमा नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
डा.शर्माले भने, ‘यो क्षेत्रका जनताले मलाई ७० हजार बढी मतले जिताएर पठाइदिनुहोस्। यस्तो अवस्थामा पनि सबैभन्दा बढी मत पाउँदा सांसदको महत्त्व छुट्टै हुन्छ। रोष्ट्रममा उभिएर बोलेर देशका कानुन र नीतिहरू जनताका लागि परिवर्तन गर्न सकिन्छ ।’
उनले नेपाललाई शान्तिको देश बनाउनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया