काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पब्लिक डिबेट प्रस्ताव अस्वीकार गरेका छन् ।
एमाले अध्यक्ष ओलीले आगामी निर्वाचन लक्षित गर्दै आफू पब्लिक डिबेटका लागि तयार भएको घोषणा गरेपछि, शाहले सोही पोस्टमा जवाफ फर्काउँदै डिबेटमा भाग नलिने बताएका हुन् ।
शाहले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’
उनको यस जवाफले आगामी चुनावको पब्लिक बहसमा राजनीतिक दलबिच तनाव र मतभिन्नता बढ्न सक्ने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया