काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आफू पब्लिक डिबेटका लागि तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख राजनीतिक दलका नेताहरूबिच पारदर्शी पब्लिक डिबेटको माग उठिरहेको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत फ्रेमिङ गरेर प्रचार सामग्री फैलाउने र वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेकाले पनि सार्वजनिक बहस आवश्यक भएको बताएका छन् ।
अध्यक्ष ओलीले यस पटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि हालै गठन भएका नयाँ दलसम्म प्रधानमन्त्रीको उम्मेदवार तोकेर अघि बढिरहेको सन्दर्भ उल्लेख गर्दै देशको नेतृत्व गर्न चाहने दलहरूको एजेण्डा, विगतमा गरेका काम र आगामी रोडम्यापबारे आमने–सामने सार्वजनिक बहस हुनुपर्ने धारणा राखेका छन् ।
‘यसअघि हामीले के–के गर्यौँ र अब कसरी काम गर्छौँ भन्ने एजेण्डा प्रस्तुत गर्न म पब्लिक डिबेटमा उभिन तयार छु,’ ओलीले लेखेका छन्, ‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनेका सबैसँग सिधा प्रश्न–उत्तर हुने मञ्चमा आफ्ना धारणा राख्ने प्रतिबद्धता गर्दछु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया