बालेनलाई पनि भ्रष्ट बन्न नदिन प्रश्न आवश्यक छ : केकी अधिकारी

लोकपथ
238
Shares

काठमाडौं । नायिका केकी अधिकारीले बालेन शाहलाई पनि भ्रष्ट बन्न नदिन आवश्यक प्रश्न उठाउनु पर्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै  राजनीतिक नेताको पारदर्शिता र जवाफदेहिताको परीक्षण आवश्यक रहेको बताइन् । 

उनले भनिन्, ‘गाडीको स्रोत खोजियो भनेर रिसाउनु हुँदैन । बालेनलाई पनि भ्रष्ट बन्न नदिनको लागि प्रश्न आवश्यक छ । भलै बालेन केही बोल्दैन । आजको बालेनको जस्तै क्रेज, ६२/६३ ताका प्रचण्डको थियो, ७२ ताका खड्गप्रसादको थियो। अहिले ८२ मा बालेनको क्रेज छ । यस्ता कुरा नौला होइनन् । हाम्रो समाज नायक खोजिरहेको अभागी समाज हो । स्मरण रहोस्, प्रत्येक दशकको नायक र खलनायक भएको इतिहास हामीसँग छ । संशय जरुरी छ ।’

केकी को यो अभिव्यक्ति राजनीतिक नेतृत्वको जबाफदेहिता, पारदर्शिता र समाजको सचेत निगरानीको महत्वप्रति जोड दिने खालको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?