निर्वाचन प्रचारमा संखुवासभा पुगे बालेन

लोकपथ
203
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचन प्रचारका क्रममा संखुवासभा पुगेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शाह संखुवासभाको धर्मदेवी नगरपालिका–स्थित मुडेमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिमार्फत देशको समग्र विकास सम्भव हुने बताएका छन् । उनले संखुवासभा जस्तो रमणीय र सम्भावनायुक्त स्थानलाई देश–विदेशमा चिनाउनुपर्ने आवश्यकता औँल्याउँदै यस क्षेत्रको मुख्य सम्भावनाका रूपमा कृषि विकासलाई अघि बढाउनुपर्ने धारणा राखे ।

‘संखुवासभा प्रकृति, संस्कृति र कृषि सम्भावनाले भरिएको क्षेत्र हो । यहाँको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सके स्थानीय अर्थतन्त्र बलियो बन्छ,‘उनले भने ।

रास्वपाले वैकल्पिक राजनीति र जवाफदेही शासन प्रणालीमार्फत देशमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै शाहले मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गरे ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार रहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?