कांग्रेस केन्द्रीय समिति बैठक : यी हुन् ५ निर्णय

लोकपथ
392
Shares

काठमाडौं । विभिन्न ५ निर्णयहरु गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेदेखि केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने लगायतका निर्णयहरु गरेको हो ।

बैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको हो ।

‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको प्रस्ताव र उपसभापति पुष्पा भुसालले गर्नुभएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ,’ पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जेनजी आन्दोलनपछि ध्वस्त बनेको भवन पुननिर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष रहेका उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय पुननिर्माण समिति गठन गर्ने निर्णय समेत गरेको प्रवक्ता चालिसेले बताए ।

यता आजैको बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

यी हुन् निर्णयहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?