गगनको कार्यकक्षमा पूर्व सभापतिको लहरमा देउवाको पनि तस्बिर

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार (औपचारिक) रुपमा कार्यभार सम्हाल्दैछन् ।

माघ १ गते बिहान विशेष महाधिवेशनबाट सभापति बनेका गगनले औपचारिक रुपमा पार्टी कार्यालय गएका थिएनन् । निर्वाचन आयोगले आधिकारिकता दिएको र सर्वोच्चले समेत गगनलाई आधिकारिकताको बाटो खोलेपछि आज मात्रै सानेपा पुगेका हुन् ।

आजैको लागि केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाइएको छ ।

यसअघि नै केन्द्रीय समिति बैठक बाहिर बसे पनि आयोगको निर्णयलाई सर्वोच्चले समेत सदर गरेपछि पार्टी कार्यालयमा नै बैठक राखिएको हो ।

जेनजी आन्दोलनपछि खण्डहर बनेको पार्टी कार्यालयका केही कोठा सरसफाई गरेर पदाधिकारीहरुको कार्यकक्ष बनाइएको छ ।

त्यसो त सभापति थापाको कोठामा शेरबहादुर देउवाको तस्बिर पूर्व सभापतिको लहरमा राखिएको छ । यसअघि कांग्रेसले आफ्नो पार्टी कार्यालयमा पूर्व सभापतिहरुको तस्बिर राख्ने गरेको थियो । जहाँ यसअघिसम्मका सुशील कोइरालाको तस्बिरसम्म हालसम्मका सभापतिको लहरमा रहने गरेकोमा अब भने देउवाको समेत तस्बिर पूर्वसभापतिको लहरमा थपिएको हो ।

सभापति थापाको कार्यकक्षमा वीपी कोइराला, शुर्वण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र अन्तिममा शेरबहादुर देउवाको तस्बिर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?