काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ९२ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको उच्च मूल्य हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य ३२० रुपैयाँले बढेको हो । अघिल्लो दिन ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया