महावीर पुनले दिए म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी, एमालेबाट निर्वाचित वडाध्यक्ष पुर्जाको समर्थन

लोकपथ
735
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

आजै मात्र प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्तासमेत गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएको बुझिएको छ ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन् । पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए । एमालेले सो ठाउँमा केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको  छ। 

अर्थमन्त्री रामेश्वर खनालले आज मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत पुनले राजीनामा दिएको जानकारी गराएका थिए ।

अर्थमन्त्री खनालले फेसबुकमा लेखेका थिए, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

पुनसँगै सुशीला कार्की नेतृत्वको सरकारका ४ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?