गगन थापाविरुद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासको ‘ङ’ नम्बरमा

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटको सुनुवाइ न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा हुने भएको छ । यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ । 

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा आज सुनुवाइ हुन लागेको हो । आइतबार शेरबहादुर देउवा, पूर्णबहादुर खड्का पक्ष रहेर वारेस श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए ।

सो रिट त्यही दिन दायर गरी सुनुवाइ पनि त्यही दिन गरिदिन माग गरिएको भएपनि कानुन अनुसार नमिल्ने जबाफ प्रशासनले दिएको थियो ।

रिटमा देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन् । त्यस्तै फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ । मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरिएको छ । यदि मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा कांग्रेस नेताहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?