महिला टी-२० ग्लोबल छनोट : थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

लोकपथ
63
Shares

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् ।

समूह ‘बी’ मा रहेको नेपालले यस प्रतियोगितामा थाइल्यान्डसँग पहिलो खेल खेल्दैछ । नेपाल समूह चरणमा थाइल्यान्डसँगै नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

आईसीसी महिला टी-२० विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाल ग्लोबल छनोटमा सहभागी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?