देउवापक्षीय नेताहरू आयोग कार्यालयमा, आफूहरु नै आधिकारिक भएको दाबी

लोकपथ
924
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू आज शुक्रबार बिहान निर्वाचन आयोग पुगेका छन् ।

आयोग गएका देउवा पक्षका नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरूङ, धनराज गुरूङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेतलगायत छन्।

विशेष महाधिवेशन आव्हान नगरिएको र गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको आयोगलाई जानकारी गराउन आफूहरू आएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?