कुमारी बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
63
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडौंको थिरबम सडक, टंगाल स्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

सो सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान र अन्य वित्तीय विवरण पारित गरिएको छ ।

विगत २४ वर्षदेखि देशभर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ ईकाईमार्फत ग्राहकलाई अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?