कांग्रेस विशेष महाधिवेशन : ४९ प्रतिशतले गरे प्रतिनिधिले गरे नाम दर्ता

लोकपथ
490
Shares

काठमाडौं  । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरु भएको थियो ।

अहिलेसम्म कुल ४ हजार ७ सय ४३ जनामध्ये ४९.३४ प्रतिशत अर्थात् २,३४० प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क स्थापना गरेर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । सहभागी प्रतिनिधिहरूले परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार रुपैयाँ साथमा ल्याउन अनुरोध गरिएको छ।

गत असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए । कांग्रेस विधानको धारा १७९ अनुसार, कम्तीमा ४० प्रतिशत प्रतिनिधिले माग गरेभित्र तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्न सकिन्छ ।

महाधिवेशन संस्थापनको बेवास्ता र विधानको धारा टेकेर कांग्रेसको पुनर्जागरणको उद्देश्यसहित महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने कार्यक्रमको रूपमा आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?