कांग्रेसको विशेष महाधिवेशन : झकिझकाउ भृकुटीमण्डप [तस्बिरहरु]

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गर्ने तयारी गरिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तन गर्ने उद्घोषको परिणाम कांग्रेसमा विशेष महाधिवेशन हुन लागेको हो ।

आज बिहानैबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा आ–आफ्नो नाम सनाखत गराइरहेका छन् । मञ्च व्यवस्थापनको काम समेत तीव्र बनाइएको छ ।

कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानमा कांग्रेसको चुनाव चिह्न रुख र पार्टी चिह्न चारतारे झण्डा राखिएको छ । त्यसो त भृकुटीमण्डपमा समेत चारतारे देखि रुख र नेपालको झण्डा समेत राखिएको छ ।

तस्बिरहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?