काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि आज बिहान ८ बजेदेखि नाम दर्ता प्रक्रिया सुरु गरिएको छ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको हो ।
नाम दर्ताका लागि परिचय खुल्ने कागजात र एक प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ । साथै, नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।
पार्टी विधानको धारा १७९(२०) बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन आह्वान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया