उर्जामन्त्री घिसिङको राजीनामापछि प्रधानमन्त्री कार्कीले भनिन्– ‘कुलमानले देशका लागि निःस्वार्थ सेवा गरे’

लोकपथ
273
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङलाई साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा बधाई र धन्यवाद दिएकी छन् । 

बुधबार राति मन्त्री घिसिङले राजीनामा पत्र बुझाएपछि प्रधानमन्त्रीले उनको योगदानको प्रशंसा गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले घिसिङले प्रतिकूल परिस्थितिमा देशका लागि रातदिन मेहनत गरेको उल्लेख गर्दै भनिन्, ‘देशका विभिन्न भागमा पुगेर विपद्का बेला सक्रिय रहनुभयो, विकास निर्माणका बेथितिहरू विरुद्ध कठोर कदम चाल्नुभयो । जनताले तपाईंको योगदानको मूल्याङ्कन गर्नु हुनेछ।’

उनले घिसिङलाई सम्मान स्वरूप खादा लगाएर आगामी राजनीतिक जीवनको सफलताको शुभकामना दिइन् । प्रधानमन्त्रीले भनिन्, ‘तपाईँ निःस्वार्थ सेवा गर्नुभयो र कुनै सुविधा लिनुभएन । आउँदा दिनमा देशका लागि अझ ठुलो योगदान दिन सक्नुहुन्छ ।’

मन्त्री घिसिङले पनि प्रधानमन्त्री कार्कीलाई अन्तरिमकालमा काम गर्ने अवसर दिएकोमा आभार प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?