कतारले १३ नेपाली बन्दीलाई दियो आममाफी

लोकपथ
84
Shares

काठमाडौं । कतारको जेलमा रहेका १३ जना नेपालीले आममाफी पाएका छन् ।

कतारको राष्ट्रिय दिवस तथा अन्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १३ जनालाई आममाफी दिइएको हो ।

कतार सरकारले मानवीयतालाई प्रधानता दिइ दयालु माफी प्रदान गरेकोमा परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।

‘कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार राज्य सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ । नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको दयालु माफीको मन्त्रालयले उच्च मूल्याङ्कन गर्दछ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसो त कतारले विभिन्न अवसरमा कतारको जेलमा रहेका कैदीबन्दीहरुलाई आममाफी दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?