काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।
अधिकृतस्तरमा सहनिर्देशकदेखि वातावरणविदसम्मका १३२ जना पदका लागि आवेदन खुला गरिएको छ भने सहायकस्तरमा मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल जस्ता पदका लागि १३० जनाका लागि आवेदन आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया