काठमाडौं । सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ ।
आज बिहान अचानक चक्कर लागेर बेहोस भएका उनलाई फिसटेलको हेलिकोप्टरबाट काठमाडौं ल्याएर बलम्बुस्थित एपीएफ अस्पतालमा लगिएको थियो । उनलाई सो अस्पतालले साँझ ६ बजेर १ मिनेट जाँदा मृत घोषणा गरेको थियो । त्यसपछि नेपाल प्रहरीले मुचुल्का गरेको थियो । साँझ सवा ७ मा शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ ।
आज बिहान पौने ११ बजे बेहोस भएपछि डीएसपी कोइरालालाई सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगरमा लगी उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि एम्बुलेन्समा राखी फिकल अस्पताल इलाम लगिएको थियो ।
फिकल अस्पताल इलाममा पु¥याउँदासम्म पनि होस नखुलेपछि आज दिउँसो १ बजेर २७ मिनेट जाँदा नेपाल एपीएफ अस्पतालका डाक्टर साहरुख साङ्गगछेनसहितको टोली लिएर फिसटेलको हेलिकोप्टर काठमाडौंबाट इलामको लागि प्रस्थान गरेको थियो ।
सो हेलिकोप्टर ३ बजे इलामको नगरपालिका–९ को अलैँची विकासको ग्राउन्डमा अवतरण गरेको थियो । सो हेलिकोप्टर दिउँसो ३ः३५ बजे काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर ४ बजेर ५० मिनेट जाँदा काठमाडौंमा अवतरण भएको थियो ।
त्यसपछि उनलाई एम्बुलेन्सद्वारा नेपाल एपीएफ अस्पताल बलम्बु पु¥याइएको थियो ।
मृतक सापकोटा सिसं ७ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीएसपी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया