काठमाडौं । एमपीए (जनप्रशासन तहका स्नातकोत्तर) कार्यक्रमको भर्ना प्रक्रिया अव्यवस्थित भएको भन्दै जनप्रशासन क्याम्पसका स्ववियुले क्याम्पसमा तालाबन्दी गरेको छ ।
विकल्प नदिइ र तयारी नगरी क्याम्पसमा ब्लेन्डेड (पढाइ अनलाइन परीक्षा भौतिक) मोड हटाउन त्रिभुवन विश्वविद्यालय प्रशासनले क्याम्पस प्रशासनलाई निर्देशन दिएपछि स्ववियुले क्याम्पसमा तालाबन्दी गरेको हो ।
क्याम्पसले बिहीबार एमपीएमा भर्ना लिने विद्यार्थीको संख्याको निर्धारण गर्दैछ । ब्लेन्डेड कक्षा निरन्तर सञ्चालन गर्नुपर्ने माग स्ववियुको छ । तर, क्याम्पस प्रशासनले माथिल्लो निकायको दबाब को बहाना गर्दै ब्लेन्डेड मोडसँगै भौतिक कक्षामा समेत न्यून भर्ना गर्ने निर्णय गरेको विरोधमा तालाबन्दी गर्न परेको स्ववियु सचिव शंकर दुबेले बताए ।
‘हामीले विद्यार्थीको हित चाहेका हौं । विकल्प विबना निर्णाय गर्दा विद्यार्थीेले पढ्ने अधिकारबा बञ्चित हुनुपर्ने अवस्था आउँछ । भौतिक कक्षा जानुनपर्ने भएपछि हाइब्रिड मोडलमा विद्यार्थी लाभान्वित भएका थिए । अब विश्वविद्यालयको आदेश मान्ने हो भने विद्यार्थी अन्यायमा पर्ने भए । न्यायको लागि यो कदम चालेका हौ,’ उनले भने ।
कम संख्यामा विद्यार्थी भर्ना गर्ने निर्णयले विद्यार्थीको पहुँच, अवसर र शैक्षिक अधिकारमा गम्भीर असर पर्ने उनले बताए ।
स्ववियुले जनप्रशासन क्याम्पसमा तालाबन्दी गर्नुका साथै विश्वविद्यालयको उपकुलपति, रेक्टर, रजिनस्टार र व्यवस्थापन संकायको डिनको कार्लालयमा विज्ञप्ति टाँस गरेर सचेत गराएको छ ।
स्ववियु सचिव दुबेले क्याम्पस प्रशासन विद्यार्थीमैत्री नभई दबाबमुखी निर्णयतर्फ उन्मुख भएको बताए । स्ववियुका मागहरू तत्काल सम्बोधन नभए संघर्षका कार्यक्रम थप कडा बनाइने चेतावनी स्ववियुको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया