ललितपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु (गुरुङ) जातिको महान पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
तमु ल्होसारका अवसरमा जारी शुभकामना सन्देशमा खड्काले यो पर्वले नेपाली समाजमा आपसी विश्वास, एकता र सद्भावको भावना अभिवृद्धि गर्दै आर्थिक तथा सामाजिक रूपमा समृद्ध मुलुक निर्माणतर्फ अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सबैलाई प्रेरित गरेको उल्लेख गर्दै यस पर्वले नेपाली समाजमा सहिष्णुता र बन्धुत्वको भावना थप मजबुत बनाएको बताएका छन् ।
कार्यवाहक सभापति खड्काले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया