शीतलहरका कारण वीरगन्ज महानगरमा थप दुई दिन विद्यालय बिदा

लोकपथ
77
Shares

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाले शीतलहरको प्रभाव बढ्दै गएपछि थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

महानगर क्षेत्रमा पछिल्लो एक सातादेखि लगातार चिसो बढ्दै गएपछि आइतबार र सोमबार गरी दुई दिन थप बिदा दिने निर्णय गरिएको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले अत्यधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदा दिइएको जानकारी दिए ।

‘वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको हो,’ उनले भने ।

महानगरपालिकाले वीरगन्जभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा यो निर्णय लागू हुने जनाएको छ । विद्यालयहरू आगामी पुस १६ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?