वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

लोकपथ
28
Shares

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा  ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । 

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात्  १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।

 जबकि गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए । 

चालु आवको पाँच महिनामा २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । 

त्यस्तै  तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भयो । दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, एक अर्ब ९७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ । 

त्यस्तै  एक अर्ब ५० करोड मूल्य पर्ने विभिन्न किसिमका कपडाहरू पनि निर्यात भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?